देश

    गजेन्द्रनारायण माेक्ष मन्दिर त्रिवेणीमा मुक्तिनाथ विकास बैंकद्वारा क्युआर कोर्ड प्रदान

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १५ | मध्यान्ह ०१:११ बजे

      नन्दु यादव
      नवलपरासी । मुत्तिनाथ बिकास बैंकले धार्मिक तथा सांस्कृतिक मठ मन्दिरलाई पनि प्रविधि संग जोडने अभियान तिव्र रुपमा लिएको छ । देशका विभिन्न मठ मन्दिर तथा धार्मिक स्थलमा डिजिटल माध्यमबाट दान तथा सहयोग गर्न सकिने माध्यम क्युआर कोड प्रविधि बैंकबाट प्रदान भईरहेको कुरा जानकारी दिएको छ ।

      सोही अभियान अन्तर्गत बैंकले नेपालकै ठुलो एव प्रसिद्ध गजेन्द्र मोक्षधाम मन्दिर त्रिवेणीमा मुक्तिनाथ विकास बैंकको QR code सेवा सुचारु भएको जानकरी दिनुभयो । उक्त प्रविधिबाट दान तथा सहयोग गर्दा नोटमा विभिन्न रंग लागि नोट असुरक्षित हुने र सजिलो र देश तथा विदेश जुनसुकै ठाउँबाट पनि सहयोग गर्न सकिने सजिलो माध्यम रहेको हुनाले मन्दिरलाई पनि प्रविधिसंग जोडि नेपाली नोटको सुरक्षित हुने महाअभियानमा समेत जोडिन पाएकोमा अत्यन्तै खुशि रहेको श्री गजेन्द्र मोक्षधाम मुक्तिनाथ बाबाज्युका उत्तराधिकारी करपात्री कृष्णप्रपन्नचार्य ज्युले बताउनु भयो ।

      QR कोड भुक्तानीको अत्यन्तै सरल सहज प्रविधि भएकोले विभिन्न पसल, डिपार्टमेन्ट स्टोर तथा अन्य सेवा प्रदायक ठाउँहरुमा सो प्रविधि प्रयोग गरि नेपाली नोटको जतन र सफा नोट अभियानमा सहयोगी बन्न पनि अपिल गर्दै हामीले यस क्षेत्रमा QR कोडको सेवा जडान गर्न मुक्तिनाथ विकास बैंक एक कदम अगाडि रहेको कुरा उक्त बैंक गोपिगंज शाखाका प्रबन्धक दिपक अधिकारीले जानकारी दिनुभयो ।

      बैंकले विभिन्न समयमा मन्दिर परिसरमा आगमन हुने पर्यटकको आकर्षकको लागि मन्दिर परिसर वरिपरि नेपालको राष्ट्रिय झण्डाले सजावट गरि सहयोग गरेको हुनाले यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको उक्त सजावट क्षेत्रहरु आकषर्णको केन्द्र बनेको स्वामी कृष्ण प्रपन्नचार्य ज्युले बताउनु भयो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिको हितमा काम हुने विश्वास लिएको छ।

      यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिजा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२ र कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

        कमेन्टहरु