मुख्य समाचार

    नेपाल प्रेसकर्मी भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ८ | बिहान ०५:११ बजे

      काठमाडौं । नेपाल प्रेसका बरिष्ठ सम्वाददाता केशव भुल ‘युवा पत्रकारिता पुरस्कार’ का लागि छनोट भएका छन् ।

      युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘युवा पत्रकारिता पुरस्कार २०७८’ का लागि उनी छानिएका हुन् । भुललाई पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कारका लागि छनौट गरिएको हो । युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले चार पत्रकारलाई आर्थिक वर्ष २०७८/७९ मा प्रदान गरिने युवा पत्रकारिता पुरस्कारबाट सम्मान गर्न लागेको छ ।

      पुरस्कार प्राप्त गर्ने अन्य पत्रकारमा पुर्णबहादुर खड्का, बसन्ती बास्तोला र सिताराम ओझा रहेका छन् । चारै जनलाई एक कार्यक्रमकावीच पुरस्कृत गरिने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

      युवा पत्रकारिता पुरस्कारको राशी ५० हजार रूपैया रहेको छ । २०७५ सालदेखि युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउदैँ आएका चार-चार जनालाई पुरस्कृत गर्दै आएको छ । यस पटक पुरस्कार प्राप्त गर्नका लागि गत पुष १४ गते सूचना प्रकाशित गरेको थियो ।

      photo 2022 02 20 05 19 01

        कमेन्टहरु