पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ को मृत्यु

जगत ठाडा मगर
२०७८ फाल्गुन ७ | मध्यान्ह ०५:११ बजे

काठमाडौं, फागुन ७ । पछिल्लो २४ घण्टामा देशभर थप ३५० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा थप १ हजार २७२ जना संक्रमणमुक्त भएका छन् । नेपाल कूल सङ्क्रमित मध्ये ९ लाख ५० हजार ५६ जना सङ्क्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा हालसम्म ११ हजार ९१७ जनाले ज्यान गुमाइसकेका छन् । यता, थप ७ लाख ६९ हजार ५७६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।





