संखुवासभामा ह्याम्बर प्रहार गरी बाबुको हत्या, छोरा पक्राउ

जगत ठाडा मगर
२०७८ फाल्गुन ७ | मध्यान्ह ०४:११ बजे

संखुवासभा, फागुन ७ । संखुवासभाको सभापोखरी गाउँपालिका–२ वितलवमा ह्याम्बरले हानेर आफ्नै बाबुको हत्या गरेका छन् ।
संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार ५० बर्षीय दलबहादुर दर्जीको आफ्नै १७ वर्षीय साइँला छोराले ह्याम्बरले हानेर शुक्रबार राति करिब १२ बजेतिर हत्या गरेका हुन् । दलबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । बाबुको हत्या गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएपनि उनको नाम भने सार्वजनिक गरेको छैन ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ । घटनामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।





