फिलिपिन्सले टस जितेर पहिले बलिङ गर्दै

जगत ठाडा मगर
२०७८ फाल्गुन ७ | बिहान ११:११ बजे

काठमाडौँ, फागुन ७ । आईसीसी टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा नेपाल र फिलिपिन्सबीचको खेलमा फिलिपिन्सले टस जितेर बलिङ रोजेको छ ।
खेल ११ः४५ मिनेटमा ओमानको अल अमेरात क्रिकेट मैदानमा हुनेछ । खेलका लागी नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । तीव्र गतिका बलर कमलसिंह ऐरी र अलराउण्डर विवेक यादवलाई यस खेलमा विश्राम दिइएको हो । उनीहरुका स्थानमा अलराउण्डर कुशल मल्ल र तीव्र गतीका बलर गुलसन झालाई समावेश गरिएको छ ।
शुक्रबार भएको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो । यो खेलमा नेपाल फिलिपिन्सलाई हराउँदै लगातार दोस्रो जितको खोजीमा हुनेछ भने फिलिपिन्स पहिलो जितको खोजीमा हुनेछ ।





