मुख्य समाचार

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवारदेखि क्यालिब्रेसन फ्लाइट सुरु

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ७ | बिहान ०७:११ बजे

      काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सुरु भएको छ ।

      थाइल्यान्डबाट आएको जहाजले शुक्रबार मध्याह्नबाट क्यालिब्रेसन फ्लाइट सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय रूपन्देहीले जनाएको छ ।

      प्रत्येक दिन फागुन १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी साढे ५ बजेसम्म क्यालिब्रेसज फ्लाइट हुने र यो समयको बीचमा आन्तरिक उडान बन्द रहने कार्यालयको भनाई छ ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक तथा आईसीबी–टूका व्यवस्थापक इञ्जिनियर प्रविन न्यौपानेले विमानस्थलको भौतिक निर्माण कार्यसम्पन्न भएर उपकरणहरू जडान भइसकेको जानकारी दिए ।

      ग्राउन्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे/नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरु गरिएको न्यौपानेले बताए ।एडीबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।

      यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो ।

        कमेन्टहरु