प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा ५०१ जना कैदीको कैद मिनाहा

जगत ठाडा मगर
२०७८ फाल्गुन ६ | मध्यान्ह ०६:११ बजे

काठमाडौँ, फागुन ६ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा ५०१ जना कैदीबन्दीको कैद मिनाहा र १२ जना कैदीहरुको सजाय माफी गरिएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम ५०१ कैदीबन्दीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् । राष्ट्रपति कार्यालयबाट शुक्रबार जारी भएको सूचनामा फागुन ७ गतेदेखि लागु हुने गरी प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासहितको भुक्तान हुन बाँकी कैद माफी मिनाह गरिएको उल्लेख छ ।
यस्तै आङनिमा शेर्पा लगायत १२ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।







