पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

जगत ठाडा मगर
२०७८ फाल्गुन ६ | मध्यान्ह ०४:११ बजे

काठमाडौं, फागुन ६ । पछिल्लो २४ घण्टामा देशभर थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ९१ जनाको नमुना परीक्षण गरिएकोमा ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २ हजार ४५४ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ जना पुगेको छ ।
हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार १३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ४१२ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ४८ हजार ७८४ जना निको भएका छन् ।





