मुख्य समाचार

    उद्यमशीलता विकास र दिगो पर्यटन प्रबर्धनमा नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सहकार्य

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ६ | मध्यान्ह ०४:११ बजे

      काठमाडौँ, फागुन ६ । नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रबर्धन गर्ने उद्धेश्यले सम्झौता भएको बैंकले जनाएको छ ।

      कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरवारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिव प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

      कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्येश्यका साथ नबिल बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास, आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्दै दिगो आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

      कम्युनिटी होमस्टेका तर्फबाट अध्यक्ष ढकालले यस सम्झौताले कम्युनिटी होमस्टे नेटवर्कलाई आन्तरिक तथा अन्तरास्ट्रिय समुदायमा अझ बढि फैलाई देशको दिगो आर्थिक विकासमा सहयोग गर्ने आशा व्यक्त गरे ।

        कमेन्टहरु