राजनीति

    प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध जारी

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ६ | मध्यान्ह ०१:११ बजे

      काठमाडौं, फागुन ६ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । निर्धारित समयभन्दा करिब २० मिनेट ढिलो सुरु भएको बैठकमा आज पनि नेकपा एमालेले अवरोध जारी राखेको छ ।

      सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका हुन् । उनीहरूले ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘पक्षपात पूर्ण व्यवहार मूर्दावाद’, ‘पार्टी फुटाउन पाइँदैन’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’ लगायत नारा लगाएका छन् ।

      एमालेले कारबाही गरिएका १४ सांसद्को सूचना टाँस नगरिएको भन्दै गत भदौदेखि नै लगातार संसद् अवरोध गर्दै आएको छ ।

        कमेन्टहरु