मुख्य समाचार

    आज पनि एमसीसीविरुद्ध माओवादी र एकीकृत समाजवादीका भ्रातृ संगठनको प्रदर्शन

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ६ | मध्यान्ह ०१:११ बजे

      काठमाडौं, फागुन ६ । एमसीसीविरुद्ध नयाँ बानेश्वर क्षेत्रमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

      संसद भवन अगाडि माओवादी केन्द्रका भ्रातृ संगठनहरू वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीका युवा संघ नेपाल र अनेरास्ववियूले विरोध प्रर्दशन गरेका हुन् ।

      उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।

      उनीहरूले यसअघि ४ गते पनि एमसीसीविरुद्ध प्रदर्शन गरेका थिए । संसद भवन आसपास र प्रदर्शन भइरहेका स्थान वरपर बाक्लोरूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

        कमेन्टहरु