राजनीति

    कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ६ | मध्यान्ह १२:११ बजे

      काठमाडौं, फागुन ६ । संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । संसद बैठक सुरु हुनुअघि कार्य व्यवस्था परामर्श बैठक सुरु भएको हो ।

      समितिको बैठकमा नेकपा एमाले भने अनुपस्थित रहेका छन् । पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेकाले बैठक बहिष्कार गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

      संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै एजेण्डा छ । आज बसेको गठबन्धनको बैठकले पनि एमसीसी टेबल नगर्ने निर्णय गरेको छ ।

      प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ ।

        कमेन्टहरु