खेलकुद

    टस हारेर ओमनविरुद्ध ब्याटिङ गर्दै नेपाल

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ६ | बिहान ११:११ बजे

      काठमाडौं, फागुन ६ । आईसीसी ट्वान्टी-२० विश्वकप ग्लोवल छनोटअन्तर्गतको खेलमा नेपालले ओमनसँग टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

      ओमनको अल इमिरेत मैदानमा पौने १२ बजेबाट सुरु हुन लागेको खेलमा नेपालले पहिलो ब्याटिङको निम्तो पाएको हो । समूह बीमा रहेको नेपालले टी-२० विश्वकप छनोटको पहिलो खेलमा ओमनसँग भिड्न लागेको हो ।

      यो छनोटको समूह चरण पार गर्दै सेमिफाइनलमा पनि जित निकाल्न सके नेपाल दोस्रो पटक टी – २० विश्वकपका लागि छनोट हुनेछ ।

        कमेन्टहरु