मुख्य समाचार

    आजको प्रतिनिधि सभाको बैठकमा पनि एमसीसी टेबल नहुने

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ६ | बिहान ०७:११ बजे

      काठमाडौं, फागुन ६ । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो।

      बैठकको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने विषय समेटिएको छ। तर, दैनिक कार्यसूचीमा एमसीसी राखिएको छैन।

      एमसीसी कार्यसूचीमा नरहेकाले आज पनि टेबल नहुने भएको हो। सत्ता गठबन्धन भित्रै विवाद सिर्जना भएपछि एमसीसी टेबल गर्ने पक्षमा रहेका प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन्।

      photo 2022 02 18 07 03 38

        कमेन्टहरु