कार्यव्यवस्था परामर्श समितिको बैठक आज ११ बजे बस्दै, संसद्को कार्यसूची तय हुने


काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बस्नेछ । सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे बस्ने गरी बैठक तय गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ । बैठकमा सभामुखसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलगायत सहभागी हुन्छन् । आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसकै कार्यसूचीलगायत तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।
आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा पनि सहभागी हुन सक्नेछ । गएको बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेले बहिष्कार गरेको थियो । लामो समयदेखि एमालेका सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । बैठकमा अवरोध खुलाउने विषयमा पनि छलफल हुनेछ ।





