देश

    करेन्ट लागेर पाल्पामा दाजुभाईको मृत्यु

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ६ | बिहान ०६:११ बजे

      पाल्पा । पाल्पामा करेन्ट लागेर दाजुभाईको मृत्यु भएको छ । बिहीबार बेलुकी ७ बजे तिनाउ–२, स्थित दोभान खोलामा माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीको भनाई छ ।

      उनिहरुले स्थानीयवासीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लागेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

      पाल्पामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर एक जना बालकसहित २ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका–२, खुलखुलेका २० वर्षका सुरज सुनार र सुरजका भाइ १४ वर्षका राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

      घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु