देश

    ‘नेकपा’ नामको विवाद : सर्वोच्चमा मुद्दाको सुनुवाइ स्थगित

    जगत ठाडा मगर
    २०७७ पुस १४ | मध्यान्ह ०२:०९ बजे

      काठमाडौं, पुस १४ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

      ऋषिराम कट्टेलका कानून व्यवसायीको तर्फबाट मुद्दाको सुनुवाइ स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

      तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो ।

      त्यसपछि २०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै ऋषिराज कट्टेलले सवोच्चमा मुद्दा दायर गरेका थिए ।

      नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको बेला मंगलबार यो मुद्दा पेसीमा चढेको थियो । ३ वर्षदेखि विचाराधीन उक्त मुद्दा अन्तिम फैसलाका लागि पेशी चढेको थियो ।

      न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

        कमेन्टहरु