समाचार

    सर्लाहीमा अखिल क्रान्तिकारी र वाइसीएलद्वारा एमसीसीको विरोध प्रदर्शन

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ५ | बिहान ०९:११ बजे

      बिनोद मण्डल
      सर्लाही, फागुन ५ । माओवादी केन्द्र निकट युवा–विद्यार्थीले एमसीसीको विरोधमा सर्लाहीमा पनि प्रदर्शन गरेका छन । अखिल क्रान्तिकारी र वाइसीएलले एमसीसीको विरोधमा बुधबार साँझ हरिवनमा प्रदर्शन गरेका हुन्।

      प्रदर्शनपछि कोण सभामा बोल्दै माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रल्हाद बुढाथोकीले एमसीसी सम्झौता खारेज गर्नुपर्ने बताए । ‘एमसीसी राष्ट्रघाती सम्झौता हो,’ बुढाथोकीले भने, ‘यो मुलुकको हितमा छैन। संसदबाट यसलाई पारित गर्न खोज्नु झन् खेदजनक छ।’

      कोष्ण सभामा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विवेक मैनाली, वाइसीएल २ नम्बर प्रदेशका अध्यक्ष सन्देश श्रेष्ठ, जिल्ला अध्यक्ष नरेश गरंजा लगायतले बोलेका थिए। उनीहरुले एमसीसी खारेज नभए संघर्ष अझै चर्काउने चेतावनी दिए।

        कमेन्टहरु