देश, मुख्य समाचार

    ज्यान्सेन खोप लगाएकाले ६ महिनापछि बुस्टर मात्रा लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ५ | बिहान ०९:११ बजे

      काठमाडौं, फागुन ५ । ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिहरूले ६ महिना पछि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

      पाएसम्म सोही खोप नै र नपाएमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप पनि लगाउन मिल्ने मन्त्रालयको भनाइ छ । विभिन्न जिल्लाबाट ज्यान्सेन (जे एण्ड जे) खोप लगाएकाहरूलाई के गर्ने भनी जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने बताएको हो ।

      कोभिड-१९ विरुद्धको खोपको बुस्टर मात्राको हकमा १८ वर्ष पुरा गरेका सम्पूर्ण व्यक्तिहरूलाई पहिलो मात्रा लगाएको ६ महिना पछि उपलब्धताको आधारमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप प्रदान गर्ने भनी परिपत्र भइसकेको छ ।

      photo 2022 02 17 09 03 26

        कमेन्टहरु