च्याम्पियन्स लिग : लिभरपुल विजयी, बार्यन बराबरीमा रोकियो

जगत ठाडा मगर
२०७८ फाल्गुन ५ | बिहान ०६:११ बजे

काठमाडौ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुल विजयी भएको छ।
बुधबार राति अवे मैदानमा भएको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई २–० ले पराजित गरेको हो ।
लिभरपुलको जितमा ७५ औँ मिनेटमा रोबर्टो फिरमिनो र ८३ औँ मिनेटमा मोहमम्द सालहले गोल गरेका हुन् । आउँदो महिना लिभरपुलको मैदानमा दोस्रो लेग हुनेछ ।
यस्तै बुधबार राति नै भएको अर्को खेलमा बार्यन म्युनिख हारबाट जोगिएको छ । अवे मैदानमा भएको खेलमा बार्यन म्युनिख आरबी साल्जबर्गसँग १–१ को बराबरीमा रोकिएको हो ।
आरबीका लागि २१ औँ मिनेटमा एडामुले गोल गरेर अग्रता दिलाएका थिए । बार्यनका लागि ९० औँ मिनेटमा कोम्यानले बराबरी गोल गरेका हुन् ।





