मुख्य समाचार

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो (मूल्य सूचीसहित)

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ५ | बिहान ०६:११ बजे

      काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

      बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढाइएको निगमले जनाएको छ ।

      निगमका अनुसार कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसेकाले ईण्डियन आयल कर्पोरेशन बुधबार नयाँ मूल्य पठाएको जनाएको छ । नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब दुइ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमको भनाइ छ ।

      चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा आयल निगमले करीब २४ अर्व नोक्सानी बेहोरी सकेको निगमले जनाएको छ । प्रति महिना निगमले ४ अर्व भन्दा बढी ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमको भनाई छ ।

      photo 2022 02 16 16 42 47

        कमेन्टहरु