समाचार

    बाल बालिकामा सकारात्मक अनुशासन कायम गर्न कृष्णनगरमा निर्देशिका निर्माण

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ४ | मध्यान्ह ०७:११ बजे

      कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहलमा विद्यालय तथा घर परिवार भित्र बाल बालिकाहरूमा अनुशासन कायम गर्न सकारात्मक उपाय अवलंबन गर्ने सम्बंधि निर्देशिका तथा सामग्री निर्माण गर्न शिक्षक अभिभावक तथा जनप्रतिनिधिहरू बीच छलफल कार्यक्रम सम्पन्न भएको छl

      कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा वडाध्यक्ष संजय कुमार गुप्ता, छेदी प्रसाद यादव, घनश्याम बनियां लगायत रहेका थिए । युनिसेफ नेपालका प्रकाश कैनिले कार्यक्रमको उद्देश्य तथा बालअधिकार लगायत विद्यालय तथा घर परिवार भित्र बालबालिकाहरूमा कसरी अनुशासन कायम गर्न सकिन्छ भन्ने कुराको जानकारी गराए l

      कार्यक्रममा प्रशिक्षकका रुपमा रहेका अधिवक्ता राजु कुमार श्रीवास्तवले बालअधिकार, अनुशासन, हिंसाको परिचय, कानुनी प्रावधान, दण्ड र सजाय लगायत अन्य बिषयमा प्रकाश पारे l सहभागीहरूले समुह कार्य मार्फत विद्यालय, घर परिवार र स्थानीय निकायले बालिकामा सकारात्मक अनुशासन कायम गर्न कार्यविधि समेत निर्माण गरिएको थियो ।

      कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, पत्रकार, कर्मचारी लगायत अन्यको सहभागिता रहेको थियो । कार्यक्रम संचालन तथा अन्य व्यवस्थापन कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गरिन् l

        कमेन्टहरु