मुख्य समाचार

    संंरक्षणको पखाईमा रेल रेलवेका पुराना ईन्जिनहरु

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ४ | मध्यान्ह ०६:११ बजे

      बिनोद मण्डल
      सिरहा, फागुन ४ गते । नेपाल रेलवे कम्पनीका पुराना इन्जिन संग्रहालयमा संंरक्षण गरी राखिने भनिएका पुराना ईन्जिनहरु अलपत्र परेका छन् ।

      नेपाल रेल्वे कम्पनीले स्तरोन्नति गरेर नयाँ रेल सञ्चालनमा ल्याए पनि पुराना रेलका बहुमुल्य ईन्जिनहरु अलपत्र परेका हुन् । धनुषाको जनकनन्दनी गाउँपालिका खजुरीस्थित जनकपुरधाम–जयनगर रेल्वे ट्र्याक खण्डको खुला स्टेशनमा ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीर र सीता नामक इन्जिन संरक्षण अभावमा अलपत्र परेका छन् ।

      खुला आकाशमुनि घामपानीले खिया लागिसकेको अवस्थामा ईन्जिनहरु जिर्ण बन्दै गएका छन् । तीन दशक पहिले जनकपुर आएका बेलायतका एक रेल कम्पनीका मालिकले यो इन्जिन माग गरेपछि यसको महत्वबारे नेपाली जनताले जानकारी पाएको बताइन्छ । स्थानीय जनताकै आग्रहमा सरकारले बेलायतलाई ती इन्जिन दिन अस्वीकार गरेपछि तत्कालीन सरकारले आफै म्युजियम बनाउने तय गरेको थियो ।

      पुराना ईन्जिनलाई संरक्षणका लागि संग्रहालयको निर्माण आवश्यक रहेको स्थानीयहरुले बताएका छन् । पुराना ईन्जिनहरुको संरक्षण गर्न सकेमा भविष्यमा आम्दानीको माध्यम पनि बन्नसक्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो । संग्रहालय निर्मााणका लागि गृहकार्य भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

      नेपालको ऐतिहासिक र बहुमुल्य सम्पति संरक्षण गरेर राख्नुपर्ने उहाँले बताउनुभयो । नेपाल रेल्वे कम्पनीको रेल जयनगर–कुर्था ३२ किलोमिटर यात्रुबिनाको रेल फागुन १ गते (आइतबार) देखि सञ्चालन हुँदैआएको छ ।

        कमेन्टहरु