मुख्य समाचार

    बलात्कारको आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ४ | मध्यान्ह ०५:११ बजे

      काठमाडौं, फागुन ४ । नेकपा (एमाले)का नेता तथा मुगुबाट निर्वाचित सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

      जबरजस्ती करणी गरेको मुद्दा मुद्दा परेपछि जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पुर्जी आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले अदालतबाट आदेश प्राप्त भएको जानकारी दिए ।

      जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले सांसद बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको किटानी जाहेरी दिएकी थिइन् ।

        कमेन्टहरु