देश

    पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्‍यु

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ४ | मध्यान्ह ०४:११ बजे

      काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो ।

      ६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा थप ३ जनाको मृत्‍यु भएको छ ।

      पछिल्लो २४ घण्टामा एक हजार ६०० जन संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेका छन् ।

        कमेन्टहरु