बेलायतका लागि नेपाली राजदूत आचार्यले लिए शपथ

जगत ठाडा मगर
२०७८ फाल्गुन ४ | मध्यान्ह ०३:११ बजे

काठमाडौं । बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहकाबिच आचार्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । उक्त समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत सरकारका उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गत माघ १४ गते आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी थिइन् । सचिवबाट अवकाश पाएका आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर काम गरेका थिए ।






