एमसीसीविरुद्ध राप्रपाको प्रदर्शन

जगत ठाडा मगर
२०७८ फाल्गुन ४ | मध्यान्ह ०२:११ बजे

काठमाडौं, फागुन ४ । एमसीसी विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार राजधानीमा प्रदर्शन गरेको छ । ‘नो एमसीसी’ लेखिएको ब्यानरसहित नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
पार्टी जनवर्गीय संगठनहरुको आयोजनामा भएको प्रदर्शनमा आ-आफ्नो भ्रातृ संस्था र मूल पार्टीको झण्डा बोकेर बबरमहलदेखि बानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरेका हुन् । सो क्रममा प्रदर्शनकारीहरूले एमसीसी राष्ट्रघाती रहेको भन्दै चर्को नाराबाजी गरेका थिए ।
राप्रपा पहिलोपटक एमसीसीविरुद्ध सडक प्रदर्शन उत्रिएको हो । राप्रपाले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिँदै आएको छ ।





