मुख्य समाचार, राजनीति

    कार्यव्यवस्था समितिको बैठक केही बेरमा बस्दै

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ४ | बिहान १०:११ बजे

      काठमाडौं, फागुन ४ गते । सभामुख अग्निप्रसाद सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

      बुधबार बिहान साढे ११ बजे सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको सचिवालयले जनाएको छ । आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो ।

      आजको संसद् बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । यसै विषयमा छलफल गर्न बैठक बोलाइएको हो । तर, मंगलबार सार्वजनिक भएको कार्यसूचीमा एमसीसीको विषय समेटिएको छैन ।

        कमेन्टहरु