मुख्य समाचार

    उपत्यकामा बन्दको प्रभाव न्युन

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ४ | बिहान ०८:११ बजे

      काठमाडौ, फागुन ४ । एमसीसीको विरोधमा ५ दल र एउटा मोर्चा संगठनले गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्युन छ ।

      काठमाडौंमा नियमितझैं सार्वजनिक तथा निजी सवारीसाधन चलेका छन् भने बजार पनि खुलेको छ । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेको छ ।

      बन्द गराउनेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टी रहेका छन् ।

      बन्दले लामो दूरीमा चल्ने गाडी भने प्रभावित भएका छन् ।

        कमेन्टहरु