देश

    नवलपुरमा मोटरसाइकलबाट हाम फाल्दा एक जना घाईते

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ४ | बिहान ०७:११ बजे

      कावासोती । मध्यविन्दुको भित्री सडकखण्डमा मोटरसाईकलबाट हाम फालेर एक किशोर घाईते भएका छन् ।

      मध्यविन्दु १३ कोटथरस्थित भित्री सडक खण्डमा मोटरसाईकल पछाडी वसेर यात्रा गरेका कोटथर निवासी १८ बर्षीय चन्द्रबहादुर बारघरे मगर घाईते भएका प्रहरीले जनाएको छ ।

      उनी प्रदेश २–०३–००१ प ३५०३ नम्बरको मोटरसाइकलमा सवार थिए । कच्ची बाटोमा मोटरसाईकल ढलपलाउँदा लडिने डरले जोगिनको लागि हाम फालेका उनी घाईते भएका हुन् । उनको उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाईएकोमा थप उपचारका लागि भरतपुर पठाईएको नवलपुर प्रहरीले जनाएको छ ।

        कमेन्टहरु