मुख्य समाचार

    ट्याक्सी जलाउन खोज्ने अखिल क्रान्तिकारीका मोक्तान पक्राउ

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ४ | बिहान ०७:११ बजे

      काठमाडौं, फागुन ४ । काठमाडौमा गुडिरहेको ट्याक्सी रोकेर आगो लगाउन खोज्ने काभ्रेका मंगल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

      आज बिहान पौने ६ बजे कोटेश्वर चोकमा ट्याक्सीमा आगो लगाउन खोज्ने मोक्तान नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता हुन् ।

      गुडिरहेको बा २ ज ३०९० नम्बरको ट्क्यासीमा पेट्रोल खन्याएर आगो लाउन खोज्दा प्रहरीले मोक्तानलाई नियन्त्रणमा लिएको हो । एमसीसीलगायतको विरोधमा नेकपासहितका केही दलले आज नेपाल बन्दको आह्वान गरेका छन् ।

        कमेन्टहरु