राजनीति

    माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ४ | बिहान ०७:११ बजे

      काठमाडौं, फागुन ४ । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दै छ ।

      प्रतिनिधिसभाको बैठकअघि दलको बैठक बस्न लागेको हो । बिहान १० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

      बैठकमा प्रतिनिधिसभा बैठकका कार्यसूचीलगायत विषयमा माओवादी केन्द्रका सांसदले निभाउने भूमिकाबारे छलफल हुनेछ ।

      विशेषगरी अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी र महाअभियोग प्रस्तावबारे बैठकमा निर्णय गरिने बताइएको छ । आजको संसद् बैठकमा एमसीसी अनुमोदनका लागि टेबल गर्ने तयारी छ ।

        कमेन्टहरु