मुख्य समाचार

    बन्द घोषणापछि ७७ वटै जिल्लाका प्रशासनलाई गृहको परिपत्र

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ३ | मध्यान्ह ०९:११ बजे

      काठमाडौं, फागुन ३ । बुधबार विभिन्न ६ वटा राजनीतिक दलले नेपाल बन्द आह्वान गरेपछि गृहमन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।

      नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गर्ने र बुधबार नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएको भन्दै गृहमन्त्रालयले कानून बमोजिमका गतिविधि हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको हो ।

      मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विभिन्न ६ वटा राजनीतिक दलले फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानून विपरितका उल्लेखित गतिविधिहरु हुन नदिने सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ ।’

      photo 2022 02 15 07 21 19

        कमेन्टहरु