गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

जगत ठाडा मगर
२०७८ फाल्गुन ३ | मध्यान्ह ०७:११ बजे

काठमाडौं, फागुन ३ । गण्डकी प्रदेश सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ ।
‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,’ मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ ।





