२४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

जगत ठाडा मगर
२०७८ फाल्गुन ३ | मध्यान्ह ०५:११ बजे

काठमाडौं, फागुन ३ । पछिल्लो २४ घण्टामा देशभर थप ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ७ हजार ९५ जनाको नमुना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै हाल देशभर सक्रिय संक्रमित २० हजार भन्दा कम रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् । यो सँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ जना पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा ४३ हजार ८८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।





