मुख्य समाचार

    सोलुखुम्बुको फेरामा सकेट बम फेला

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ३ | मध्यान्ह ०३:११ बजे

      सोलुखुम्बु, फागुन ३ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ बेनी फेरामा सकेट बम फेला परेको छ । स्थानीयले बारीमा काम गर्ने क्रममा बम फेला पारेको हो ।

      बम फेला पारेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए । बम फेला पारिएको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रशासनले जनाएको छ । सो स्थानमा सल्लेरीबाट प्रहरी र नेपाली सेनाको टोली पुगेको छ ।

      बम डिस्पोजका लागि ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए । द्वन्द्वकालीन समयमा लुकाइएको बम हुनसक्ने प्रहरीको अनुमान छ ।

        कमेन्टहरु