मुख्य समाचार

    अख्तियारको प्रवक्तामा भण्डारी

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ३ | मध्यान्ह ०१:११ बजे

      काठमाडौं, फागुन ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्याम प्रसाद भण्डारीलाई नियुक्त गरिएको छ । अख्तियारले मंगलबारदेखि नै लागू हुनेगरी सहसचिव भण्डारीलाई प्रवक्ता तोकेको हो ।

      ‘आजैका मितिदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्याम प्रसाद भण्डारीलाई तोकिएको छ’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

      यसअघि आयोगको प्रवक्तामा नारायणप्रसाद रहेका थिए ।

        कमेन्टहरु