अर्थ

    ह्वात्तै बढ्यो सुनको मूल्य

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ३ | बिहान ११:११ बजे

      काठमाडौ, फागुन ३ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । एकै दिन सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो ।

      नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सोमबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९६ हजार ७ सय रुपैयाँ कायम भएको हो । त्यस्तै तेजावी सुन भने प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

      त्यस्तै यता चाँदीको मूल्य समेत वृद्धि भएको छ । सोमबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १३३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

        कमेन्टहरु