बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक गम्भीर घाइते

जगत ठाडा मगर
२०७८ फाल्गुन ३ | बिहान ०९:११ बजे

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् ।
तीन जना सवार लु ६० प ३६५२ नम्बरको मोटरसाइकल आज बिहान चार बजे अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको हो ।
दुबै जनाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।





