देश

    दाङमा टिपरको ठक्करबाट साइकलमा दूध बेच्न हिडेकी महिलाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ३ | बिहान ०९:११ बजे

      दाङ, फागुन ३ । दाङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । राप्ती गाउँपालिका – १ पाखापानीमा साइकलमा दूध बेच्न हिडेकी एक महिलालाई टिपरले ठक्कर दिएको हो ।

      पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षीया डिला पौडेलको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

      घटना पछि मृतकका आफन्त तथा स्थानीयले राजमार्ग बन्द गरेका छन् । दोषीलाई कडा भन्दा कडा कारवाहीको माग र क्षतिपूर्तिको माग गर्दै बाटो बन्द गरिएको छ ।

        कमेन्टहरु