देश

    कच्ची सडकको घुम्ती ओरालोमा आफैं ब्याक भएर जीप दुर्घटना ७ जना घाइते

    जगत ठाडा मगर
    २०७८ फाल्गुन ३ | बिहान ०७:११ बजे

      पाल्पा । पाल्पाको तिनाउमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। तिनाउ गाउँपालिका २ जलथरीमा सोमबार साँझ दोभानबाट माराबासतर्फ जाँदै गरेको लु१ज १३८२ नम्बरको जीप सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

      घाइतेहरूको प्रादेशिक अस्पताल बुटवल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। कच्ची सडकको घुम्ती ओरालोमा आफैं ब्याक भएर जीप दुर्घटनामा परेको चालकले बताएका छन्।

        कमेन्टहरु