महोत्तरीबाट लागुऔषधसहित तीन जना पक्राउ

जगत ठाडा मगर
२०७८ फाल्गुन २ | मध्यान्ह ०९:११ बजे

महोत्तरी, फागुन २ । लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा महोत्तरीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका-११ बस्ने ३९ वर्षीय बलिराम भण्डारी, सर्लाही मलङगवा-९ बस्ने २२ वर्षीय मुकेश साह र सर्लाही रामनगर-४ बस्ने २१ वर्षीय अरुण कुमार दास रहेका छन् । लागुऔषध कारोबार गर्दै गरेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले देउराली माद्यामिक विद्यालय नजिकैको जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख वीरेन्द्र थापाले जानकारी दिए ।
उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध डिआइजेपाम इन्जेक्सन ३५ एम्पुल, प्रोमोथाजिन हाइड्रोचोलोराइड इन्जेक्सन ३५ एम्पुल र खुल्ला अवस्थामा राखिएको लेबलिङ्ग नभएको एम्पुल ३५ थान गरी १ सय ५ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।





