समाज

    नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकता हो : नगर प्रमुख शाह

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २ | मध्यान्ह ०७:११ बजे

      कपिलवस्तु, फागुन २ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय (१-१२) सौनहवामा लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा स्त्री तथा छाला रोग सम्बन्धि तीन दिने वृहत स्वास्थ्य शिविरको उद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले गर्नुभएको थियो ।

      स्वास्थ्य कार्यालय तौलिहवा कपिलवस्तुको आयोजना तथा कृष्णनगर नगरपालिकाको समान्वयमा शिविर संचालन भएको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षतामा कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेय, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं १० वडाध्यक्ष मोविन खां, श्री नेत्र ज्योति माध्यमिक विद्यालय (१-१२) सौनहवाका प्रधानाध्यापक जय प्रकाश चौधरी रहनुभएको थियो ।

      कार्यक्रममा बोल्दै प्रमुख अतिथि रजत प्रताप शाहले कृष्णनगर नगरपालिका भित्र स्वास्थ्य क्षेत्रमा राम्रो सुधार भएको बताउदै यस शिविरबाट सेवा लिन नगरका जनतालाई अनुरोध गर्दै चेक जांचका क्रममा जटिल रोग देखा परेमा नगरपालिकाले आफ्नो खर्चमा जिल्ला अस्पताल सम्म पुर्याउने बताउदै नागरिकको स्वास्थ्य नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

      उक्त शिविरमा डा. मुकेश चौधरी तथा स्त्री रोग विशेषज्ञ प्रशंसा गुरुङ लगायत अन्य रहनु भएको छ । कार्यक्रममा हेमराज पाण्डेयले आफूहरू नागरिकको स्वास्थ्य प्रति सधै समर्पित रहेको बताउदै यस स्वास्थ्य शिविरबाट बढी भन्दा बढी व्यक्ति लाभ लिन आग्रह समेत गर्नुभयो । कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाका बिष्णु प्रसाद पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो । आजको कार्यक्रममा २६९ जनाको स्वास्थ्य चेक जांच गरिएको छ ।

      त्यसमध्ये रहेक ४ जना कुष्ठरोगि पहिचान गरिएको साथै कोरोना भाइरसको एन्टीजेन टेस्टको समेत व्यवस्था रहेको स्वास्थकर्मी चमेली गाहाले जानकारी दिए । स्वास्थ्य शिविर कार्यक्रमको सम्पूर्ण व्यवस्थापन फोकल पर्सन प्रभास पन्थीले गर्नुभएको थियो ।

        कमेन्टहरु