देश

    २४ घण्टामा थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २ | मध्यान्ह ०४:११ बजे

      काठमाडौं, फागुन २ । पछिल्लो २४ घण्टामा देशभर थप ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा ७४७ जनामा संक्रमण पुष्टि भएको हो ।

      यस्तै सोही अवधिमा २३१९ जना निको भएका छन् भने, ८ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९३ हजार ५४१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ६७७ जना पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९ लाख ४० हजार ९०२ जना निको भएका छन् ।

      यस्तै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९०० पुगेको छ । हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् ।

        कमेन्टहरु