मुख्य समाचार

    सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २ | मध्यान्ह ०३:११ बजे

      काठमाडौं, फागुन २ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सुरु भएको हो ।

      सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

      बैठकमा नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी छन् ।

      बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रतिनिधिहरू भने सहभागी भएका छैनन् ।

        कमेन्टहरु