मोबाइल बिगारेको भन्दै धारिलो हतियार प्रहार गरी श्रीमती हत्या

जगत ठाडा मगर
२०७८ फाल्गुन २ | मध्यान्ह ०२:११ बजे

झापा, फागुन २ । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले झापाबाट एकजनालाइ पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमरबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । उनले ३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार मोबाइल बिगारेको विषयमा अमरबहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैं सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





