मुख्य समाचार

    सिन्धुपाल्चोकमा ई–पासपोर्ट वितरण सुरु

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २ | मध्यान्ह ०१:११ बजे

      सिन्धुपाल्चोक, फागुन २ । जिल्लामा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो ।

      प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सेवाग्राही सीता लघुलाई ई–पासपोर्ट हस्तान्तरण गर्दै सो सेवा थालिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार गत पुस ९ गतेबाट सो सेवाका लागि आवेदन सङ्कलन गरिएको थियो ।

      २८६ सेवाग्राहीले दिएको आवेदनमध्ये १३२ को ई–पासपोर्ट वितरणको क्रममा रहेको छ । आवेदन दिएको १५ दिनभित्र ई–पासपोर्ट वितरण हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । रासस

        कमेन्टहरु