देश

    रोकी राखेको जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, एक घाइते

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २ | बिहान ११:११ बजे

      बर्दिया, फागुन २ । बर्दियाको बारबर्दिया नगरपालिका–८ रम्बापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ रोकी राखेको जेसीबीमा मोटरसाइकल ठोक्किँदा उक्त घटना घटेको हो ।

      मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का २३ बर्षीय धनबहादुर चौधरी रहेका छन् । उनको उपचारका क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २६ बर्षीय मंगल शाहीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

      कर्णाली प्रदेश ०२–००१ प २४६१ नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर अन टेष्ट लेखिएको जेसीबीमा ठोकिएको थियो ।

        कमेन्टहरु