नेपाल आयरल्यान्डसँग भिड्दै

जगत ठाडा मगर
२०७८ फाल्गुन २ | बिहान १०:११ बजे

काठमाडौं, फागुन २ । चार देशीय टी-२० श्रृंखलाअन्तर्गत आज नेपाल र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । ओमानको अल अमरेट क्रिकेट ग्राउन्डमा अपराह्न ३ः४५ बजे नेपाल र आयरल्यान्डका खेल सुरु हुनेछ।
यसअघि भएका दुई खेलमा नेपालले एक जित र एक हार ब्यहोरेको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने यूएईसँग २५ रनले हारेको थियो।
आज तेस्रो खेलमा जित निकाल्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिनेछ । आयरल्यान्ड पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।
यसअघि नेपालले आयरल्यान्डसँग दुई खेल खेलेको छ। जसमा दुवै खेल आयरल्यान्डले जितेको छ।





