मौसम

    मौसमविद्को अनुमान : बुधबारसम्म यस्तो रहनेछ मौसम

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २ | बिहान ०६:११ बजे

      काठमाडौ । नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव छ भने यतिबेला (सोमबार बिहान) पहाडी भेगमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

      महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज कतै वर्षा त हिमपातको सम्भावना देखिएको छैन।

      आज दिउँसो तथा राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । भोलि मंगलबार दिउँसो भने पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिएको बुलेटिनमा उल्लेख छ।

      बुलेटिनअनुसार मंगलबार राति देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। वर्षाको सम्भावना भने छैन। यसैगरी बुधबार दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। अनि पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

      महाशाखाका अनुसार बुधबार राति पनि पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। अनि उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

      महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ : खासै उल्लेखनीय मौसम परिवर्तन नभए तापनि बिहान र बेलुकीको समयमा चिसो हुने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

        कमेन्टहरु